शनिबार, जेठ ५, २०८१

ओमानसँग नेपाल ५ रनले पराजित

मेरोन्यूज २०८० कार्तिक १६ गते १२:३३

काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भयो ।

Advertisement

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई ६ रन चाहिएको थियो ।

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए।

आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

प्रतिक्रिया