शनिबार, जेठ ५, २०८१

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

मेरोन्यूज २०८० कार्तिक १६ गते १०:५०

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले अब केहीबेरमा ब्याटिङ गर्नेछ ।

Advertisement

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एक-एक विकेट रह्यो ।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

प्रतिक्रिया