शनिबार, जेठ ५, २०८१

ओमानले गुमायो ७ औं विकेट

मेरोन्यूज २०८० कार्तिक १६ गते १०:३०

काठमाडौं । आइसिसी टी- २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत अविनाश बोहराले ओमानको ७ औं विकेट लिएका छन् ।

Advertisement

१४.३ ओभरको खेल सकिँदा ओमान १००-७ को को अवस्थामा छ ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ तथा रन केसी र गुल्सन झाले १-१ विकेट लिएका छन् ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया