शनिबार, जेठ ५, २०८१

ओमानविरूद्ध पहिलो ओभरमै नेपालले लियो विकेट

ओमानका कश्यव कुमार प्रजापति आउट, करण केसीले लिए विकेट

मेरोन्यूज २०८० कार्तिक १६ गते ९:१०

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो ओभरमै ओमानको विकेट झारेको छ । ओमन र नेपालको खेल अहिले भईरहेको छ ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ‌ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरेका छन्।

समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

टी-२० मा नेपाल र ओमान चार पटक आमनेसामने भएका छन्। तीमध्ये तीन खेल नेपालले जित्दा ओमानले एक खेल जितेको छ। चारै खेल ओमानमा भएको थियो।

प्रतिक्रिया