शनिबार, जेठ ५, २०८१

टी-२० विश्वकप छनोट

ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

मेरोन्यूज २०८० कार्तिक १६ गते ८:३४

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

Advertisement

कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र ओमान पहिलो दुई खेल जितेर समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । नेपाल र ओमानबीचको खेल जित्ने टोली समूह विजेताको रूपमा सेमिफाइनल खेल्ने छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ-११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहरा छन् ।

गत वर्ष फेब्रुअरीमा ओमान मस्कटमै भएको टी-२० विश्वकपको ग्लोबल छनोटमा नेपाल र ओमान सेमिफाइनलमा पराजित भएर विश्वकपमा पुग्न असफल भएका थिए ।

प्रतिक्रिया