शनिबार, जेठ ५, २०८१

दक्षिण अफ्रिकाले १९० रनले हरायो न्युजिल्यान्डलाई

मेरोन्यूज २०८० कार्तिक १५ गते २१:२५

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनले हराएको छ ।

Advertisement

पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो ।

३ सय ५८ रनको लक्ष्य पाएको न्युजिल्याण्ड ३५ ओभर ३ बलमा १६७ रन बनाउँदा अलआउट भयो ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले अर्धशतकीय पारी खेले । उनले ६० रन बनाए ।

विल योङले ३३ र ड्यारी मिचेलले २५ रन बनाए ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका बलरहरू केशव महाराजले ४ र म्याक्रो जेन्सनले ३ विकेट लिए ।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए । डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाए । यस्तै डेभिड मिलरले ५३ रन बनाएर अर्धशतकीय पारी खेले ।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।

प्रतिक्रिया