शनिबार, जेठ ५, २०८१

पाकिस्तानी टोलीकाे बिरयानी प्रेम, मेन्युमा नहुँदा खाना खान मानेनन्

मेरोन्यूज २०८० कार्तिक १५ गते ११:२४

काठमाडाैं । २०२३ विश्वकपमा पाकिस्तानी टोलीको बिरयानी प्रेमले निकै चर्चा पाइरहेको छ । प्रतियोगिता खराब प्रदर्शन गरेकाे भन्दै चर्को आलोचना खेप्नु परेपनि खेलाडीकाे बिरयानीप्रतिको माया भने घटेको देखिँदैन ।

Advertisement

भारतिय मिडियाका अनुसार कोलकातामा होटलको मेन्युमा बिरयानी नभएको भन्दै पाकिस्तानी खेलाडीहरूले खाना खान नै अस्वीकार गरेका छन् । उनीहरुले फूड डेलिभरी एपको मद्दतले चाप, फिरनी, कबाब र बिरयानी अर्डर गरेको मिडियाको दावी छ ।

पाकिस्तानी टोली २ दिनअघि मात्र कोलकाता पुगेको थियो । यहाँ उसले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि टोलीले हैदरावादी बिरयानीको मजा लिएको थियो । अभ्यास खेलमा टोलीले त्यहाँ नेदरल्याण्ड्स र श्रीलङ्कालाई हराएको थियो ।

प्रतिक्रिया