शनिबार, जेठ ५, २०८१

बंगलादेश पाकिस्तानसँग ७ विकेटले पराजित

मेरोन्यूज २०८० कार्तिक १४ गते २०:५०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आज भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । आजको जितसँगै पाकिस्तानले क्वालिफायरमा जाने सम्भावना जिवितै राखेको छ ।

Advertisement

कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बंगलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भएको थियो । २०५ रनको लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तानका लागि ओपनरद्वय अव्दुल्लाह सफिक र फकर जमान दुवैले अर्धशतकीय पारी खेले ।

सफिकले ६९ बलमा ६८ रन बनाए । जमानले ७४ बलमा ८१ रन बनाए ।

बलिङमा बंगलादेशका मेहन्दी हसन मिराजले तीन विकेट लिए ।

पहिला ब्याटिङ गरेको बंगलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।

प्रतिक्रिया