शनिबार, जेठ ५, २०८१

२०३४ को विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियामा हुने

मेरोन्यूज २०८० कार्तिक १४ गते १९:१६

काठमाडौं । २०३४ को विश्वकप फुटबल प्रतियोगिता साउदी अरेबियामा हुने भएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले यसको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

Advertisement

एसिया वा ओसिआनामा २०३४ को विश्वकप आयोजना गर्ने निर्णय गरेको फिफाले आयोजनाका लागि प्रस्ताव गर्न दिएको समय सीमा भोलि बुधबारसम्म छ ।
फुटबल अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनाका लागि प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि साउदी अरेवियामा हुने पक्का भएको हो ।

सन् २०२६ को महिला एसियन कप र २०२९ को क्लब वर्ल्ड कप आयोजनामा केन्द्रित हुन यो निर्णय लिएको अष्ट्रलियाले बताएको छ । अष्ट्रेलियाले यसैपालि महिला विश्वकप फुटबल पनि आयोजना गरिसकेको छ ।

अष्ट्रेलियाले २०३४ को विश्वकप आयोजनामा दाबी नगर्ने निर्णय गरेसँगै विश्वकप आयोजनाको दौडमा साउदी अरेबिया एक्लै देखिएको हो । यो अधिकार साउदीले पाएमा १२ वर्षमै दोस्रो पटक एसियामा विश्वकप आयोजना हुने छ । कतारले गतवर्ष विश्वकपको सफल आयोजना गरेको थियो ।

सन् २०२६ को विश्वकप अमेरिका र क्यानडामा तथा सन् २०३० को विश्वकप भने मोरक्को, पोर्चुगल र स्पेनमा हुने छ ।

प्रतिक्रिया