शनिबार, जेठ ५, २०८१

टी-२० विश्वकप छनोट : नेपाल सेमिफाइनल प्रवेश

मेरोन्यूज २०८० कार्तिक १४ गते १६:१८

काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइल प्रवेश गरेको छ । मलेसियालाई ४ विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको थियो । मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो ।

नेपालले लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरे । मल्लले ३४ बलमा ६५ रन बनाए ।

मलेसियाका लागि सयद अजिजले अर्धशतकीय पारी खेले । अजिजले ४९ बलमा ६८ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।

अविनाश बोहोराले ४ विकेट लिए । नेपालका लागि सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक, एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुगेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछ।

प्रतिक्रिया