शनिबार, जेठ ५, २०८१

मलेसियाविरुद्ध मल्लको अर्धशतक

मेरोन्यूज २०८० कार्तिक १४ गते १६:०१

काठमाडौँ । आइसिसी टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपालका ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।

Advertisement

मल्लले २५ बलमा अर्धशतक प्रहार गरेका हुन् । मल्लले २५ बलमा एक चौका र ६ छक्का प्रहार गरे ।

नेपाल अहिले १३ दशमलव चार ओभरमा दुई विकेट गुमाएर १३३ रन बनाएर खेलिरहेको छ ।

मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनायो ।

मलेसियाका लागि सयद अजिजले अर्धशतकीय पारी खेले । अजिजले ४९ बलमा ६८ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।

अविनाश बोहोराले ४ विकेट लिए । नेपालका लागि सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक, एक विकेट लिए ।

प्रतिक्रिया