शनिबार, जेठ ५, २०८१

टी-२० विश्वकप छनोट : मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

मेरोन्यूज २०८० कार्तिक १४ गते १४:५२

काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोटमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य दिएको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन बनायो ।

मलेसियाका लागि सयद अजिजले अर्धशतकीय पारी खेले । अजिजले ४९ बलमा ६८ रन बनाए । उनले ८ चौका र २ छक्का प्रहार गरे ।

अविनाश बोहोराले ४ विकेट लिए । नेपालका लागि सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक, एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।

समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछ।

प्रतिक्रिया