शनिबार, जेठ ५, २०८१

सिंगापुरविरुद्ध नेपाललाई चौथो सफलता

मेरोन्यूज २०८० कार्तिक १३ गते ९:४४

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा गुल्सन झाले एकै ओभरमा दुई विकेट लिएका छन् ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरले आठौँ ओभरमा दुई विकेट गुमाएको हो ।

गुल्सनले ७.१ ओभरमा रोहन रंगराजनलाई सन्दीप जोराबाट क्याच गराएका थिए । ७.५ ओभरमा अमात्र्या कौललाई आफैँले क्याच गरी पभेलियनको दिशा देखाए । रंगराजनले ३० बलमा ४६ रन जोड्दा कौल ‘डक’ भए ।

कौल आउट हुँदा सिंगापुरले ७।५ ओभरमा चार विकेट गुमाएर ५४ रन बनाएको छ ।

प्रतिक्रिया