शनिबार, जेठ ५, २०८१

आईसीसी टी-२० विश्वकप छनोट

सिंगापुरविरुद्ध नेपालले पहिला बलिङ गर्ने

मेरोन्यूज २०८० कार्तिक १३ गते ८:४५

काठमाडौँ । आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत घरेलु टोली नेपालले सिंगापुरविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

Advertisement

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।

नेपाली टोलीमा त्रिकोणात्मक सिरिज खेल्ने टोलीबाट एक खेलाडी परिवर्तन भएका छन् । एसिया क्षेत्र छनोटमा स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने भएका छन्।

एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।

प्रतिक्रिया