शनिबार, जेठ ५, २०८१

विश्वकप क्रिकेट : भारतसँग ईङल्याण्ड १०० रनले पराजित

मेरोन्यूज २०८० कार्तिक १३ गते ७:२९

काठमाडौँ । भारतले जारी क्रिकेट विश्वकपमा लगातार छैटौं जित हासिल गरेको छ । क्रिकेट विश्वकपमा भारतले ईङल्याण्डलाई १०० रनले पराजित गर्दै लगातार छैटौं जित हासिल गरेको हो ।

Advertisement

भारतले दिएको २३० रनको लक्ष्य पछाएको ईङल्याण्ड ३४।५ ओभरमा अलआउट हुदै १२९ रन बनाएपछि भारतले खेल १०० रनले जितेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २२९ रन बनाएको थियो ।

यो जितपछि भारत अपराजित रहदै ६ खेलमा १२ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यसैगरी ईङल्याण्डले पाँचौं हार बेहोरेको छ । ६ खेलमा केवल एक खेल जितेको ईङल्याण्ड सेमिफाइनलको दौड लगभग समाप्त भएको छ ।

प्रतिक्रिया