शनिबार, जेठ ५, २०८१

हमासको आक्रमणमा ज्यान गुमाएका थप ३ नेपालीको शव पहिचान

मेरोन्यूज २०८० कार्तिक १२ गते १९:४४

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीन जना नेपालीको शव पहिचान भएको छ ।

Advertisement

ज्यान गुमाउनेमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको इजरायलमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । योसँगै ज्यान गुमाएका आठ जनाको शवको पहिचान भएको छ । दुई वटा शव पहिचानको क्रममा रहेका दूतावासले जनाएको छ ।

आक्रमणमा घाइते भएका चार जनामध्ये दुई जना ‘डिस्चार्ज’ भएका र दुई जनाको उपचार भइरहेको छ । सम्पर्कविहीन भएका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया