शनिबार, जेठ ५, २०८१

पोखरा विमानस्थल आयोजनामा अख्तियारको छापा

मेरोन्यूज २०८० कार्तिक १२ गते १९:२२

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विमानस्थल निर्माणमा कमसल काम र सामग्री प्रयोग गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहित उच्चस्तरीय टोली पोखरा पुगेर छापा अख्तियारले जनाएको छ ।

Advertisement

विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र कमिसन लिएको भन्दै २० वटाभन्दा धेरै उजुरी परेपछि छापा मारेको अख्तियार जनाएको छ । अख्तियारले विमानस्थल निर्माण आयोजनामा काम गर्ने कर्मचारीको बैंक खाता पनि रोक्का राखेको छ ।

विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले अख्तियारको टोली पोखराका आएर फाइल हेरेको जानकारी दिए। उनले विमानस्थलको कामको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गएको जनवरीमा उद्घाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौताअनुसारको काम सकिएको छैन ।

प्रतिक्रिया