शुक्रबार, जेठ ४, २०८१

रक्षामन्त्री खड्कालाई भेटे राष्ट्रसंघ महासचिव गुटेरेसले

मेरोन्यूज २०८० कार्तिक १२ गते १४:२५

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेटवार्ता भएको छ ।

Advertisement

महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरे । आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् ।

उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ ।

महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने छन् ।

प्रतिक्रिया