शुक्रबार, जेठ ४, २०८१

राष्ट्रिय क्रिकेट टिमका कप्तानले भने- स्याण्डी दाइ (सन्दीप) आएपछि टिम एकदमै ब्यालेन्स, बलिङ स्ट्रोङ भएको छ

मेरोन्यूज २०८० कार्तिक १२ गते ११:५४

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले स्पीनर सन्दीप लामिछानेको क्रिक्रेट टिममा पुनरागमनसँगै टिम ब्यालेन्स भएको र बलिङ स्ट्रोङ भएको बताएका छन् ।

Advertisement

भोलिदेखि काठमाडौंमा सुरु हुने टी(२० विश्पकपको एसिया छनोटमा नेपाल अगाडी आज त्रिवि क्रिक्रेट मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले त्यस्तो बताएका हुन् ।
‘स्याण्डी दाइ (सन्दीप लामिछाने) आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’ कप्तान पौडेलले पत्रकार सम्मेलनमा भने ।
पत्रकार सम्मेलनमा नेपाली क्रिक्रेट टोलीका प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको बताए ।
नेपालले पहिलो खेल भोलि सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया