शनिबार, जेठ ५, २०८१

विश्वकप क्रिकेट

रोमाञ्चक खेलमा अष्ट्रेलियासँग न्यूजिल्याण्ड ५ रनले पराजित

मेरोन्यूज २०८० कार्तिक ११ गते २०:२९

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियासँग ५ रनको हार व्यहोरेको छ ।

Advertisement

शनिबार भारतको धर्मशालामा अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो ।

न्यूजिल्याण्डका जेम्स निसमले आक्रामक पारी खेल्दै टिमलाई जित नजिक पुर्‍याएका थिए । तर, अन्तिम ओभरमा उनी रन आउट भएसँगै न्युजिल्याण्ड मात्र ५ रनले पराजित हुनपुग्यो ।

अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए । अन्तिम बलमा छक्का चाहिएको थियो, लोकी फर्गुसनले रन नै जोड्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ह्याभिड हेडको शतकको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।

जितसंगै अष्ट्रेलियाको ६ खेलबाट ८ अंक भएको छ भने न्यूजिल्याण्डको पनि ८ अंक रहेको छ । यस्तै पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको भारतको समान १०/१० अंक छ ।

प्रतिक्रिया