शनिबार, जेठ ५, २०८१

विश्वकप क्रिकेट : पाकिस्तानमाथि दक्षिण अफ्रिकाकाे  रोमाञ्चक जित

मेरोन्यूज २०८० कार्तिक ११ गते ८:५३

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

Advertisement

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा पाकिस्तानले दिएको २७१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७.२ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो ।

दक्षिण अफ्रिकालाई जित दिलाउन अदिम मार्कमले सर्वाधिक ९१ रन बनाए ।
यस्तै डेभिड मिलर २९, कप्तान तेम्बा बभुमा २८, क्वीन्टक डि क्वक २४, रसी भेन डेर डुसन २१ र मार्को जेनसेनले २० रन बनाए ।

पाकिस्तानका लागि बलर सहिन साह अफ्रिदले ३ विकेट लिए । यस्तै महोम्मद वाशिम, उसामा मिर र हरिश रौफले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिंग रोजेको पाकिस्तान ४६।४ ओभरमा २७० रनमा अलआउट भएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० र साउद सकिलले ५२ रन बनाएका थिए । यस्तै सहदाव खान ४३, महोम्मद रिजवान ३१, महोम्मद नवाज २४ र इफ्तीखर अहमदले २१ रन जोडे । दक्षिण अफ्रिकाका लागि बलर तबरेज साम्सीले ४ विकेट लिए । यस्तै मार्को जनसेनले ३, गेराल्र्ड कोटजे २ तथा लुगिं एनगिडीले एक विकेट लिए ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले ६ खेल खेल्दै ५ जित र एक हारसहित १० अंक बटुलेर पहिलो स्थानमा उक्लिएको छ भने पाकिस्तानले ६ खेलमध्ये २ जित र ४ हारसहित ४ अंक बटुलेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया