शनिबार, जेठ ५, २०८१

टी-२० विश्वकप छनोटका लागि नेपाली टीम घोषणा, सन्दीपको कमब्याक

मेरोन्यूज २०८० कार्तिक ११ गते ८:३५

काठमाडौं । टी-२० विश्वकप छनोटका लागि नेपाली टीम घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीम घोषणा गरिएको हो ।

Advertisement

टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने फर्किएका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२० आई सिरिज खेलेका थिएनन् । यस्तै विनोद भण्डारीलाई पनि टिममा समावेश गरिएको छ ।

यसअघि त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल भने बाहिरिएका छन्।

एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ ।

टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी समावेश छन् ।

प्रतिक्रिया