शुक्रबार, जेठ ४, २०८१

नेपाललाई हराउँदै यूएईले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

मेरोन्यूज २०८० कार्तिक १० गते १४:४७

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ।

Advertisement

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

यूएईका लागि कप्तान मोहम्मद वसिमले सर्वाधिक ४५ रन बनाए । वसिमले २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाएका थिए । यस्तै आरयस शर्माले २५, अरविन्द्रले २६ रन जाेडे ।

नेपालका गुल्सन झा र अभिनाष बोहराले समान २-२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो ।

नेपालका लागि ओपनर ब्याटस्म्यान कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । यस्तै करण केसीले २१, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ रन जाेडे।

यूएईका आयन खानले ३, अली नसिर र जहुर खानले समान २-२ विकेट लिए ।

प्रतिक्रिया