शुक्रबार, जेठ ४, २०८१

मुगुमा एकै परिवारका चारजनाको शव फेला

मेरोन्यूज २०८० कार्तिक १० गते १४:२४

काठमाडौं । मुगुमा एकै परिवारको चारजनाको शव फेला परेको छ ।

Advertisement

मुगुको छाँयानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको हाे । मृतकहरूमा २८ वर्षीय श्रीदेवी उनका ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अफ्सरा र आठ महिनाका रहर रहेका छन् ।

प्रहरीले उनीहरकाे हत्या भएकाे अनुमान गरेकाे छ । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको  बुझिएको छ ।

कसले किन र के कारण हत्या गरेको हो भन्ने विषयमा थप अनुसन्धानपछि मात्र थाहा हुने थापाको भनाइ छ। अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाकाे टाेलिले घटनाबारे अनुसन्धान सुरु गरेकाे गरेकाे छ ।

प्रतिक्रिया