शनिबार, जेठ ५, २०८१

त्रिकोणात्मक सिरिज फाइनल : नेपालले यूएईलाई दियाे १६३ रनको लक्ष्य

मेरोन्यूज २०८० कार्तिक १० गते १२:५६

काठमाडौं । त्रिदेशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।

Advertisement

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले २८ बलमा अर्धशतक बनाएर आउट भए । दिपेन्द्रसिंह ऐरीले १५ बल खेलेर २० बनाए ।

यस्तै कप्तान रोहित पौडेलले १८, आसिफ शेखले ८, कुशल मल्लले १ रन बनाए । साथै सन्दीप झोराले १०, गुलशन झाले ५, सोमपाल कामीले १३ रन बनाए भने करण केसीले २३ रन जाेडे ।

प्रतिक्रिया