शनिबार, जेठ ५, २०८१

त्रिकोणात्मक सिरिज : यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८० कार्तिक १० गते १०:४६

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तरगत फाइनल खेलमा आज नेपालले यूएईविरुद्ध खेल्दैछ ।

Advertisement

त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुनुअघि भएको टस यूएईले जित्दै फिल्डिङ रोजेको छ। नेपालले भने टस हारेर ब्याटिङको निम्तो पाएको हो।

सिरिजको उपाधिका लागि नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

यूएई र हङकङले समान एकरएक खेल जित हात पारेपनि नेट रनरेटमा भने यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।

नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

प्रतिक्रिया