शनिबार, जेठ ५, २०८१

त्रिकोणात्मक सिरिज

उपाधिका लागि नेपाल र युएई भिड्दै

मेरोन्यूज २०८० कार्तिक १० गते ७:२४

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ । फाइनल घरेलु टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हुनेछ ।

Advertisement

नेपाल र यूएईबीचको फाइनल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

यूएई र हङकङले समान एक/एक खेल जित हात पारेपनि नेट रनरेटमा भने यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।

नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

प्रतिक्रिया