शुक्रबार, जेठ ४, २०८१

जनकपुरको धान खेतमा एक युवक मृत फेला, हत्याको आशंका

मेरोन्यूज २०८० कार्तिक ९ गते ११:४०

जनकपुरधाम। जनकपुरमा एक युवकको शव फेला परेको छ ।

Advertisement

जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।

मृतक युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रकृतिले युवकको हत्या भएको प्रहरीको आशंका छ । शव पोष्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको बुझिएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया