शनिबार, जेठ ५, २०८१

धादिङ जिल्ला भलिबल टोलीका कप्तान मृत फेला

मेरोन्यूज २०८० कार्तिक ९ गते १०:०२

काठमाडौं । धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।

Advertisement

सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको हो ।

मनोज गंगाजमुना-४, गुम्दीका स्थायी वासिन्दा हुन् । उनले अघिल्लो दिनमात्रै नलाङ खिर्रेमा भएको खुल्ला भलिबल प्रतियोगिता खेलेका थिए।

मृत्युको कारण भने पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया