शुक्रबार, जेठ ४, २०८१

उपाधि विजेता यु-१९ क्रिकेट टोली स्वदेश फिर्ता

मेरोन्यूज २०८० कार्तिक ९ गते ९:५०

काठमाडौँ । मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ ।

Advertisement

क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का पदाधिकारीहरुले फूलमाला र खादा लगाइदिएर स्वागत गरे ।

नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया