शुक्रबार, जेठ ४, २०८१

१६ दिने नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा आमा पक्राउ

मेरोन्यूज २०८० कार्तिक ९ गते ८:५६

दाङ । दाङको लमहीमा १६ दिने नवजात शिशु, छोरीको हत्या प्रयास गरेको अभियोगमा आमा पक्राउ परेकी छन् ।

Advertisement

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षिया निर्मा चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिशुको घाँटीमा चक्कुले प्रहार भएको पाइएको छ ।

शिशुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ। जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो।

शिशुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया