शुक्रबार, जेठ ४, २०८१

विश्वकप क्रिकेट : नेदरल्याण्ड्समाथि अष्ट्रेलियाकाे कीर्तिमानी जित

मेरोन्यूज २०८० कार्तिक ८ गते २२:०५

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि कीर्तिमानी जित हासिल गरेको छ ।

Advertisement

दिल्लीको अरुण जेट्ली स्टेडियममा बुधबार भएको खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि ३०९ रनको कीर्तिमानी जित हात पारेको हो ।

अस्ट्रेलियाबाट ४०० रनको लक्ष्य पाएको नेदरल्याण्ड्स ९० रनमै अल आउट भयो । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा रनका आधारमा जितेको यो सबैभन्दा फराकिलो अन्तर हो ।

यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियन टोलीले अफगानिस्तानलाई दुई सय ७५ रनले हराएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर बिक्रमजित सिंहले सर्वाधिक २५ रन बनाएका थिए । बाकीँ कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको थियाे ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४४ बलमा १०६ रन बनाए । उनले ४० बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका छन् । विश्वकपको इतिहासमा कम बलमा शतक प्रहार गर्ने कीर्तिमान म्याक्सवेलले राखेका हुन् ।

त्यस्तै डेभिड वार्नरले ९३ बलमा १०४ रन बनाए । उनको यो विश्वकपमा छैटौँ शतक हो । एकै विश्वकपको दोस्रो शतक हो ।

त्यसैगरी स्टेभेन स्मिथले ७१ तथा मार्कस लबुसचांगेले ६२ रन जोडे ।

प्रतिक्रिया