शनिबार, जेठ ५, २०८१

म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो ४०० रनको लक्ष्य

मेरोन्यूज २०८० कार्तिक ८ गते १८:५०

काठमाडौं । ग्लेन म्याक्सवेल र डेभिड वार्नरको शतकको मदतमा अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।

Advertisement

बुधबार भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४४ बलमा १०६ रन बनाए । उनले ४० बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका छन् । विश्वकपको इतिहासमा कम बलमा शतक प्रहार गर्ने कीर्तिमान म्याक्सवेलले राखेका हुन् ।

त्यस्तै डेभिड वार्नरले ९३ बलमा १०४ रन बनाए । उनको यो विश्वकपमा छैटौँ शतक हो । एकै विश्वकपको दोस्रो शतक हो ।

त्यसैगरी स्टेभेन स्मिथले ७१ तथा मार्कस लबुसचांगेले ६२ रन जोडे ।

नेदरल्याण्ड्सका लागि लोगान भान बिकले ४ विकेट लिए । यस्तै बास डी लिडेले २ विकेट लिए ।

प्रतिक्रिया