शनिबार, जेठ ५, २०८१

बंगलादेशमाथि दक्षिण अफ्रिकाको सहज जित

मेरोन्यूज २०८० कार्तिक ८ गते ७:५६

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध १४९ रनको सहज जित निकालेको छ ।

Advertisement

मंगलबार वान्खडे रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६.४ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाउन सक्यो ।

बंगलादेशका लागि महमुल्लाहले १११ बलमा १११ रन बनाए । त्यसबाहेक कोही पनि चल्न सकेनन् । दोस्रो उच्च योगफल २२ रन लिटन दासले बनाए ।

टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३८२ रन बनाएको थियो ।

दक्षिण अफ्रिका लागि क्विन्टन डी ककले १७४ रन बनाएका थिए । यसबाहेक हेइन्रिक क्लासेनले ९० र कप्तान आइडेन मार्करमले ६० रनको योगदान गरेका थिए ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया