बिहीबार, वैशाख २०, २०८१

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

मेरोन्यूज २०८० कार्तिक १ गते १३:०५

काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका हुन् ।

विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।

आज खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् ।

प्रतिक्रिया