बिहीबार, वैशाख २०, २०८१

प्रधानमन्त्री मुस्ताङ हिँडेपछि छोरीहरु दिल्लीतिर

मेरोन्यूज २०८० कार्तिक १ गते १०:२३

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ मुुस्ताङ पुगेका बेला प्रधानमन्त्रीका छोरीहरु भने नयाँ दिल्ली उडेका छन् । प्रचण्ड आज राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी हुुन मुस्ताङ पुगेका छन् ।

कैलाली भ्रमण सकेर मंगलबार काठमाडौं आईपुगेका प्रधानमन्त्रीको साँझ छातीमा असहज महसुस भएपछि स्वास्थ्य परिक्षण गरिएको थियो ।

थापाथलीस्थित कोरोनरी एन्जियोग्राम गर्दा मुटु सामान्य अवस्था मै देखिएपछि उनी साँझ नै निवास फर्केर आज बिहानै मुस्ताङ प्रस्थान गरेका थिए । उनी अहिले मुस्ताङ पुगिसकेका छन् ।

प्रधानमन्त्रीका स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाल र भारतपुर महानगरपालिकाका मेयर समेत रहेकी अर्की छोरी रेनु दाहाल भने आज बिहान नयाँ दिल्लीतिर हिँडेका छन् ।

रेनु र गंगा आज बिहान ९ बजे नेपाल एयरलाइन्सको जाहाजबाट नयाा दिल्ली प्रस्थान गरेका हुन् । यो टोलीमा पारिवारिक सदस्यहरु मात्रै ६ जना रहेका छन् ।

भारतपुर महानगरपालिकाका मेयर रेनु दाहालको आँखाको उपचारका लागि भन्दै टोली दिल्ली हिडेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

उनीहरु दुई दिन दिल्ली बसेर ३ गते मात्र काठमाडौं फर्किने गरि हिडेको बताइएको छ ।

प्रतिक्रिया