बिहीबार, वैशाख २०, २०८१

प्रधानमन्त्री दाहाल बिहानै मुस्ताङ प्रस्थान

मेरोन्यूज २०८० कार्तिक १ गते ७:४०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ प्रस्थान गरेका छन्।

उनी जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन तथा स्थानीय जनतासँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन मुस्ताङ गएका हुन् ।

मुस्ताङमा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया