शनिबार, जेठ ५, २०८१

ग्लोबल आइएमईको दशैं प्रतियोगितामा ६० हजार जित्ने अवसर

मेरोन्यूज २०८० असोज २६ गते १७:४८

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।

Advertisement

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनीक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ ।

प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार रू ६०,०००, दोस्रो पुरस्कार रू ३५,००० र तेस्रो पुरस्कार रू २५,००० प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागि हुन कात्र्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया