शनिबार, जेठ ५, २०८१

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक, परिवारलाई १० लाख दिने

मेरोन्यूज २०८० असोज २२ गते १६:४५

काठमाडौँ । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Advertisement

सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोकको निर्णय गरेको हो ।

ती मन्त्रीका अनुसार इजरायलमा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १०, १० लाख दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको आइतबार पुष्टि भएको थियो । ४९ विद्यार्थीमध्ये ४ जना घाइते रहेको र एक जना सम्पर्कविहीन रहेको दूतावासले जनाएको छ । बाँकी सम्पर्कमा रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया