शनिबार, जेठ ५, २०८१

इजरायलको बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे सम्वाद (भिडियोसहित)

मेरोन्यूज २०८० असोज २२ गते १५:३४

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इजलरायलमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।

प्रधानमत्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका उनका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।

सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद्देखि सर्वदलीय बैठक बोलाएको बताए ।

बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

प्रतिक्रिया