शनिबार, जेठ ५, २०८१

इजरायलमा अलपत्र नेपालीलाई सहयोग गर्न परराष्ट्रले तोक्यो सम्पर्क व्यक्ति

मेरोन्यूज २०८० असोज २१ गते २०:३८

काठमाडौँ । सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

Advertisement

परराष्ट्र मन्त्रालयले आइतबार सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरुको आवश्यक जानकारी, सहयोग र सहजीकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो ।

मन्त्रालयको सूचनाअनुसार मन्त्रालयका दुई सहसचिवहरू प्रवक्तासमेत रहेकी शेवा लम्साल र शरदराज आरणलाई स्रोत व्यक्ति तोकिएको छ । त्यस्तै उप सचिव दुरपता सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।

इजरायलका राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क व्यक्ति तोकिएको छ ।

प्रतिक्रिया