शनिबार, जेठ ५, २०८१

झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भष्टाचार, मधेश प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

१७ करोड ९८ लाख ३३ हजार बिगो दाबी

मेरोन्यूज २०८० असोज २१ गते १३:३९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सचिव प्रेमकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिकामा तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सन्चालन गर्ने कार्यमा अनियमितता गरेको आरोप अख्तियारको छ ।

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि उक्त रिसर्च सेन्टर खोलिएको थियो ।

अख्तियारले उक्त मुद्दामा १७ करोड ९८ लाख ३३ हजार बिगो दाबी गरेको छ ।

प्रतिक्रिया