शनिबार, जेठ ५, २०८१

सुन प्रकरण : भन्सार एजेन्ट सुब्बा ५ लाख रुपैयाँ धरौटीमा रिहा

मेरोन्यूज २०८० असोज १९ गते २०:३४

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा भन्सार एजेन्ट रुक्मिना सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

Advertisement

शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुब्बालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सुन प्रकरणमा २६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतमा ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी कायम गरेर मुद्दा दायर भएको छ । तीमध्ये ३ जना फरार छन् ।

प्रतिक्रिया