शनिबार, जेठ ५, २०८१

भागबण्डा पुर्‍याउन मधेश प्रदेशमा फुटाइयो मन्त्रालय

मेरोन्यूज २०८० असोज १९ गते १९:५५

जनकपुरधाम । मधेश प्रदेश सरकारले भागबण्डा मिलाउन मन्त्रालय फुटाएको छ । मन्त्रालय फुटाएपछि सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

Advertisement

जनमतको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाइएको हो ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन मन्त्रालय फुटाइएको हो ।

सुरितालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया