शनिबार, जेठ ५, २०८१

ताेलाकाे कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८० असोज १९ गते ११:०१

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो ।

बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि तेजाबी सुन यही मूल्यमा करोबार भएको थियो ।

चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया