शनिबार, जेठ ५, २०८१

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

मेरोन्यूज २०८० असोज १९ गते १०:२३

काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

Advertisement

बैंकले संस्थापक शेयरधनी लोकमाया गुरङको नाममा रहेको २ हजार ३०५ कित्ता, कृष्ण तारुम थापा मगरको नाममा रहेको ३ हजार ४५३ कित्ता र भरत बहादुर बुढाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन पेश गर्न सक्नेछन् ।

सो शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएकाे छ ।

प्रतिक्रिया