शनिबार, जेठ ५, २०८१

आचार्य श्रीनिवास ५०० जरिवाना तिरेर रिहा

मेरोन्यूज २०८० असोज १८ गते १९:१०

जनकपुर । हिन्दु धर्मगुरु आचार्य श्रीनिवास ५०० रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।

Advertisement

उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।

असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको विरोध कार्यक्रममा हिंसात्मक अभिव्यक्ति दिएको अभियोगमा मुद्दा चलाइएको हो ।

मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेका उनलाई बुधबार साँझ कारबाहीको लागि धनुषा ल्याइएको थियो ।

श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेका थिए ।

प्रतिक्रिया