शनिबार, जेठ ५, २०८१

प्रमाणपत्र शंकास्पद देखिएपछि विभागले गर्‍यो १४ म्यानपावर कम्पनी निलम्बन

मेरोन्यूज २०८० असोज १५ गते १८:०९

काठमाडौं । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको प्रमाणपत्र शंकास्पद देखिएपछि वैदेशिक रोजगार विभागले १४ म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ ।

Advertisement

विभागले ती म्यानपावरमाथि शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोग लगाएको छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीले उनीहरुमाथि उजुरीका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानमा संलग्नता देखिएको आधारमा १४ म्यानपावरलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।

यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको विभागले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।

प्रतिक्रिया