शनिबार, मंसिर १६, २०८०

पैसा चोर्ने भारतीय युवक सशस्त्र प्रहरिको नियन्त्रणमा

मेरोन्यूज २०८० असोज १५ गते १४:४६

काठमाडौं । नगद चोरी फरार रहेका भारत घर बताउने २८ वर्षिय ईरशाद अलीलाई पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजीबाट असोज १५ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आईतबार साँझ बर्दियाबाट काठमाडौतर्फ आउँदै गरेको भे १ ख ३९३४ नम्बरको यात्रुवाहक बसको एउटै सिटमा बसेर आएका बर्दियाको बडियाताल बस्ने २३ वर्षिय मधु परियारको नगद ५० हजार रुपैयाँ चोरी गरेर अली फरार भएका थिए ।

गैडाकोटको कोटिहोम चोक स्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा सवार यात्रुहरु ओर्लने क्रममा अली सो रकम चोरी जंगलतर्फ फरार भएका थिए ।

उक्त रकम हराएको भनि पितौजी स्थित सशस्त्र प्रहरी बलको हाईवे सुरक्षा चेकपोष्टलाई जानकारी गराए पश्चात पूर्व–पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसमा जाँच गर्दा गैडाकोटबाट चितवनतर्फ आउँदै गरेको बसबाट उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।

नियन्त्रणमा लिएका अलीलाई उक्त नगदसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बेल्डियामा बुझाईएको छ ।

प्रतिक्रिया