निर्माणमा लापरबाही हुदाँ धनगडीको सडक हिलाम्मे

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी कैलाली (धनगढी) को सडक निर्माणमा कन्स्ट्रक्सनले लापरबाही गरेपछि धनगढीका व्यवसायीहरु तथा आवतजावत गर्ने सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ । धनगढीको मेन चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि माटो थुपार्नुका साथै निर्माण कार्यमा ढिलाइ गरेका कारण व्यवसायीहरु हैरान भएका हुन् । चालकहरुले सो सडक खण्डमा सवारी चलाउन समेत मुश्किल भइरहेको गुनासो गरेका छन् ।
मुख्य सडक निर्माणमा ढिलासुस्ती गरिरहेको कालिकाले धनगढीको साल्टट्रेडिङ अगाडिका एक दर्जन पसल अगाडि माटो थुपार्दा पैदलयात्री, चालक, व्यवसायीले हैरानी खेप्नु परेको छ । मेन रोड एभरेष्ट बैंक अगाडीको सडक हिलाम्मे भएपछि नगरवासीले झनै सास्ती खेपिरहेका छन् ।

निर्माण कम्पनीलाई पटकपटक माटो हटाउन र निर्माण कार्य तत्काल अगाडी बढाउन व्यवसायीहरुले आग्रह गर्दै आएका पनि मुख्य सडक निर्माण गर्दा कुनै कुनै ठाउँमा नाली अधुरो छोड्ने गरेको समेत पाइएको छ । सडक निर्माणमा ढिलासुस्ती गर्दै आएको कम्पनीले व्यवसायीलाई समेत दुःख दिने नियतले जथाभावी रुपमा माटो थुपार्ने काम मात्र हुँदै आएको व्यवसायीहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया